रुकुमको घटानामा वडाध्यक्षको हात :प्रहरीले घटनामा संलग्न भएको अभियोगमा वडाध्यक्ष सहित २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

रुकुम,आफ्ना साथि सहित आफ्नी प्रेमिका भगाउन गत सनिबार गएका नभराज को भेरी नदीमा मृत अबस्थामा भेटिएपछि सोहि नदीमा हिजो अन्तेस्टी गरियो। यहि साता देखि सोहि घटानाले उग्र रुप लिरहेको छ। सामाजिक संजाल फसेबूक, अनलाइन मिडिया, इन्स्टग्राम,टिकटक, लगाएत जताततै यहि बिसाएमा खबरहरु छ्याप छ्याप्ती छन्।

शनिवार भएको घटनामा अहिले पुरै मुलुक तातेको छ । सो घटनामा संलग्न दोशीलाई करवाहीको माग गर्दै मुलुकभरका अधिकारकर्मीहरुले आवाज उठाएका छन् । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा वडाध्यक्ष सहित २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।गत शनिवार १९ जना साथी लिएर रुकुम गएका उनी स्थानियको आ’क्रमणमा परि ज्यान गुमाएका थिए । उनी संगै गएका अन्य साथीहरुको पनि निधन भएको छ ।अहिले सम्म ५ जनाको शव फेला परेको छ भने एक जना अझै नदिमा हराइरहेका छन् ।

एक मात्र छोरा नवराजको वियोगमा आमा विछिप्त छन् । जाजरकोटको भेरी नदिमै उनको दाहसंस्कार गरिएको हो । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव विहिवार छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ ।बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो ।

गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् । भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ ।हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न कठिन भएको गोताखोरले जनाएको छ ।

न्तर्जातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।घटना भएको पाँच दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशङ्कामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शङ्कास्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरीका प्रमुख बस्नेतले बताए ।

उनले भने “हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानीभित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको छ ।” अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरैबेर डुबेर पानीभित्र अड्किएको वस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाइ रहेको प्रमुख बस्नेतले जानकारी दिए।पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जनभन्दा बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको उनले बताए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तको जानकारी अनुसार हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको छ।बेपत्ताहरु नदीमा डुबेको हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा