काठमाडाैं । भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोट ९ जना नेपालीको मृत्यु भएको छ।
हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित सिद्धकुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो।
सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का अध्यक्ष मेकबहादुर बुढाथोकीले आफ्नो वडाका दुई परिवारका गरी ९ जनाको मृत्यु भइसकेको दाबी गरेका हुन्
जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घटनाबारे आफूहरूले सूचना पाएको र यसबारेमा सत्यतथ्य जानकारी लिन मृतकको घरमा प्रहरी टोली पुगेको बताएको छ ।
भारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी भएकाे थियाे । आगलागीका उक्त घटनामा ३ जनाको शव फेला परेको छ भने अन्य ६ जना बेपत्ता छन् ।








