एक वर्षमा ट्रम्प प्रशासनले रद्द गर्‍यो १ लाखभन्दा बढी विदेशी भिसा

काठमाडाैं । सन् २०२५ मा अमेरिकी विदेश मन्त्रालयले १ लाखभन्दा बढी विदेशी भिसाहरू रद्द गरेको छ। यो संख्या सन् २०२४ को तुलनामा दोब्बरभन्दा बढी हो।

सन् २०२४ मा करिब ४०,००० भिसा रद्द भएका थिए भने २०२५ मा यो संख्या बढेर १ लाख नाघेको हाे ।

भिसा रद्द हुनेमा भिसाको अवधि सकिएपछि पनि अमेरिकामा बसिरहेका अधिकांश पर्यटक र व्यवसायी र विद्यार्थिहरू रहेका छन् । जसमा करिब आठ हजार विद्यार्थी भिसा र दुई हजार ५०० विशेष श्रेणीका भिसाहरू समावेश छन् ।

कमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा गुमाउने धेरैजसो विद्यार्थी र कामदारहरू कुनै न कुनै आपराधिक गतिविधिमा संलग्न पाइएकाे छ ।

पक्राउ पर्नेमा ५० प्रतिशत मदिरा सेवन गरी सवारी चलाउने, ३० प्रतिशत कुटपिट वा अन्य हिंसात्मक गतिविधिमा संलग्न भएको र २० प्रतिशत चोरी, बाल दुर्व्यवहार, लागूपदार्थ ओसारपसार, ठगी वा आर्थिक अनियमिततामा जाेडिएका छन् ।

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले हालसम्म एक लाखभन्दा बढी भिसा रद्द गरेको छ । यसमा करिब आठ हजार विद्यार्थी भिसा र दुई हजार ५०० विशेष श्रेणीका भिसाहरू समावेश छन् ।

अमेरिकालाई सुरक्षित राख्न यस्ता ‘अपराधी’हरूलाई देश निकाला गर्ने प्रक्रिया आगामी दिनमा पनि जारी रहने बताइएको छ । ट्रम्प प्रशासनले अमेरिकामा रहेका सबै ५.५ करोड विदेशी भिसावाहकहरूको पुन: जाँच गर्ने प्रक्रिया सुरु गरेको छ।

अमेरिकाको सार्वजनिक सुरक्षा र राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने विदेशी नागरिकहरूबाट देशलाई जोगाउन यो कडा कदम चालिएको बताइएकाे छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा