बैतडी। बैतडीको शिवनाथ गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बछलाबाट बचरातर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा जिप चालक शिवनाथ–२ का २६ वर्षीय केशवसिंह धामी गम्भीर घाइते भएका थिए।गम्भीर अवस्थामा रहेका चालक धामीलाई तत्काल उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनाको समयमा जिपमा चालक मात्र सवार रहेको बुझिएको छ भने घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।





