दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अनुमति, सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

आइतबार बिहान भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईँलाई प्रहरीले आजै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको थियो। भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सूर्य खड्काका अनुसार प्रशासनले उनी विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो।

यसअघि सर्वोच्च अदालतको आदेशमा फागुन १३ गते रिहा भएका प्रसाईँलाई आगामी फागुन २१ को निर्वाचन विथोल्ने गतिविधिमा संलग्न हुन सक्ने आशङ्कामा प्रहरीले पुनः नियन्त्रणमा लिएको हो। पछिल्लो समय प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छुट्ने क्रम चलिरहेको छ। हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा