आबुधाबी । युएईको रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको इरानी आक्रमणको विस्तृत विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यस भीषण आक्रमणमा परी हालसम्म एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।
गल्फ न्युजका अनुसार मृत्यु हुने अन्य दुई जनामा पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन्। मृतक नेपालीको पहिचान भने अहिलेसम्म खुलाइएको छैन। आक्रमणमा परी विभिन्न राष्ट्रका ५८ जना सामान्य घाइते भएका छन्, जसमा एमिराती, भारतीय, फिलिपिनो र श्रीलंकाली लगायत १५ देशका नागरिकहरू सामेल छन्।
युएईको वायुसेना र रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका १६५ ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १५२ वटालाई आकाशमै नष्ट गरिदिएको छ भने १३ वटा समुद्रमा खसेका छन्। यस्तै, ५४१ वटा इरानी ड्रोन र दुईवटा क्रुज क्षेप्यास्त्रको समेत युएईले सफलतापूर्वक सामना गरेको मन्त्रालयले जनाएको छ।
मध्यपूर्वमा बढ्दो तनावका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरू प्रत्यक्ष मारमा परेका छन्।





