मौसम अपडेट: पहाडी र हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावा र लू चल्ने चेतावनी

काठमाडौँ । हाल नेपालमा मौसमी प्रणालीमा आएको फेरबदलका कारण देशका विभिन्न भागको मौसम प्रभावित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। यस्तै मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा समेत पानी पर्ने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने अत्यधिक गर्मी बढेर ‘तातो दिन’ (Heat Wave/लू) हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ। त्यस्तै मधेश प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा