अछाममा दर्दनाक जीप दुर्घटना: दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

धनगढी । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा एक यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। बिहीबार साँझ करिब ६:५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।

दुर्घटनामा परी मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका–५ का ४५ वर्षीय राम प्रकाश थारुको मृत्यु भएको छ। दुर्घटना लगत्तै गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा शुक्रबार बिहाने ५:३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा घाइते भएका अन्य तीन जनाको हाल सुर्खेतमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा सिराहाका २७ वर्षीय सन्त कुमार साह र बाँकेका २८ वर्षीय जीप चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता रहेका छन्, जसको अवस्था चिन्ताजनक छ। अर्का घाइते स्याङ्जाका अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको अस्पतालले जनाएको छ। जीप थापामोडबाट कुँजेडातर्फ जाने कच्ची सडकमा खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा