नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार जेठ २९ गते शुक्रबार बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका कुल ३६३ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा समितिले उम्मेदवारहरूको कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको उल्लेख गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो सिफारिस सूचीमा चित्त नबुझ्ने उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष आफ्नो उजुरी दिन सक्ने व्यवस्था समेत मिलाइएको छ। प्राविधिक क्षेत्रमा कार्यरत जवानहरूका लागि यो बढुवा प्रक्रियाले सांगठनिक मनोबल थप उच्च बनाउने विश्वास लिइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा