टेलिकमको बिलिङ प्रणाली भ्रष्टाचार प्रकरण: सुनिल पौडेलसहित १८ जनालाई विशेष अदालतको ‘क्लिन चिट’

काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बिलिङ प्रणाली स्तरोन्नतिमा भएको भनिएको भ्रष्टाचार मुद्दामा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई सफाइ दिएको छ। बिहीबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले आरोप दाबी नपुग्ने ठहर गर्दै प्रतिवादी बनाइएका सम्पूर्ण व्यक्तिहरूलाई निर्दोष साबित गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्दा ठुलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तत्कालीन प्रबन्ध निर्देशक पौडेललगायतका पदाधिकारीले आफ्नो पदको दुरुपयोग गरी राज्यकोषमा ३३ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको भन्दै सोही बराबरको बिगो मागदाबीसहित कडा कारबाहीको माग गरिएको थियो।

अदालतको यस फैसलासँगै सुनिल पौडेलका साथै सङ्गीता पहाडी, प्रतिभा वैद्य, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, विनिता श्रेष्ठ, अमुल प्रधान, राजीवकुमार केसी, हेमप्रभा कर्ण, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ र परमात्मा भट्टराईलगायतका सबै आरोपितहरूले कानुनी रूपमा सफाइ पाएका छन्। ठुलो बिगो दाबी गरिएको यस बहुचर्चित मुद्दामा सबै आरोपितले सफाइ पाएसँगै यस प्रकरणको कानुनी अध्याय तत्कालका लागि टुङ्गिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा