संविधान संशोधनमा गगन थापाको सर्त: ‘प्राथमिकता नतोकी सबै विषय कोट्याउँदा दुर्घटना हुन सक्छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले स्पष्ट प्राथमिकता निर्धारण नगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँदा देशमा अराजकता र दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन्। उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, बहुजातीयता र संसदीय शासन प्रणालीलगायतका संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

बिहीबार आयोजित संविधान संशोधनबारेको एक छलफल कार्यक्रममा बोल्दै थापाले सरकारले अहिले अपनाइरहेको संशोधन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरे। उनले संशोधन जस्तो गम्भीर विषयलाई व्यवस्थित बनाउन संसद्‌भित्रैबाट छुट्टै समिति गठन गर्नुपर्ने वा सर्वोच्च अदालतका बहालवाला तथा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा विज्ञ समिति बनाएर अघि बढ्नुपर्ने विकल्प सुझाएका छन्।

संविधान संशोधनलाई चरणबद्ध रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले पहिलो चरणमा विभिन्न आयोगहरूको पुनरावलोकन र दोस्रो चरणमा सुशासन तथा सार्वजनिक सेवा प्रवाहका विषयमा केन्द्रित हुनुपर्ने बताए। सुशासन र जनमुखी सेवा प्रवाहलाई चुस्त बनाउने गरी गरिने संशोधनमा कांग्रेसले अग्रसरता लिने र सरकारलाई सघाउने तर उत्तेजना, पूर्वाग्रह र लहडका भरमा गरिने कुनै पनि प्रयास स्वीकार्य नहुने थापाको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा