सञ्चार क्षेत्रका दुई महत्त्वपूर्ण निकायमा नयाँ नेतृत्व: प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

काठमाडौँ । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई महत्त्वपूर्ण नियामक निकायहरूमा नयाँ नेतृत्व चयन गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका हुन्।

नवनियुक्त दुवै अध्यक्षहरूलाई सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमका बिच नियुक्तिपत्र हस्तान्तरण गरेका छन्। मन्त्रिपरिषद्ले गत असार २४ गते उनीहरूको नियुक्तिको निर्णय गरेको थियो।

नियुक्तिपत्र प्रदान गर्दै मन्त्री डा. तिमिल्सिनाले खुला तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट उत्कृष्ट ठहरिई जिम्मेवारीमा आएका नयाँ नेतृत्वबाट सरकार र नागरिकले उच्च अपेक्षा राखेको बताए। सञ्चार र दूरसञ्चार क्षेत्रको नियमन, विकास र व्यवस्थापनमा आ-आफ्नो निकायको भूमिकालाई थप प्रभावकारी, निष्पक्ष र परिणाममुखी ढङ्गले अगाडि बढाउन उनले नवनियुक्त अध्यक्षद्वयलाई निर्देशन समेत दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा