बलात्कार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज दोषी ठहर, बिहीबार सजाय निर्धारण हुने

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले मङ्गलबार यस गम्भीर प्रकृतिको मुद्दामा फैसला सुनाउँदै उनलाई दोषी करार गरेको हो।

जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले प्राप्त प्रमाण र बहसका आधारमा अहिराजलाई उक्त कसुरमा दोषी ठहर गर्ने निर्णय गरेको हो। अदालतले कसुर प्रमाणित गरेसँगै अब उनीमाथि कति वर्षको कैद र जरिवाना हुने भन्ने विषयमा सजाय निर्धारण गर्न आगामी बिहीबारका लागि पेसी तोकिएको छ। बिहीबारको सुुनुवाइपछि मात्रै उनको अन्तिम सजायको टुङ्गो लाग्नेछ।

यसअघि, यसै मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले गत साउन महिनामा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सोही समयदेखि न्यायिक हिरासतमा रहेका पूर्वप्रदेश प्रमुख अहिराज अन्ततः अदालतबाट कसुरदार साबित भएका हुन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा