सोमबारको मौसम: सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा सोमबार पनि देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशभरको मौसम बदली रहेको छ।

सोमबार देशका हिमाली र पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने मधेस र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बदली रहनेछ। दिउँसो कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसै गरी, देशका हिमाली भू-भागका केही स्थान र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। तराई क्षेत्रतर्फ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।

लगातारको वर्षाका कारण पहिरो, बाढी तथा कटानको जोखिम रहने भएकाले पहाडी तथा तराई क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा