मातृभूमिको आर्थिक समृद्धिका लागि निर्धक्क लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मातृभूमिको आर्थिक रूपान्तरण र विकासमा हातेमालो गर्न विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई आह्वान गरेका छन्। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग शनिबार आयोजित एक भर्चुअल अन्तर्क्रियामा बोल्दै मन्त्री वाग्लेले मातृभूमिप्रतिको दायित्व पूरा गर्दै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।

वर्तमान सरकार देशको आर्थिक विकास र समृद्धिको लक्ष्यमा कटिबद्ध रहेको बताउँदै उनले प्रवासी नेपालीहरूलाई मुलुकको ‘सद्भावनादूत’ को संज्ञा दिए। ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार र आफ्नो पार्टी पूर्ण रूपमा विश्वस्त रहेको आश्वासन दिँदै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण उल्लेख्य रूपमा सुधारिएको दाबी गरे। पछिल्लो बजेटमार्फत कर तथा राजस्वका नीतिहरूलाई थप उद्योगमैत्री बनाइएकाले नेपालमा गरिएको लगानी सुरक्षित रहने र त्यसबाट प्राप्त प्रतिफल सहजै फिर्ता लैजान सकिने कानुनी र व्यावहारिक व्यवस्था मिलाइएको उनले स्पष्ट पारे।

मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्न बाह्य पुँजी र प्रविधिको आवश्यकता रहेको औँल्याउँदै मन्त्री वाग्लेले सरकारले प्रवासी नेपालीलाई लक्षित गरी नयाँ वित्तीय औजारहरू ल्याएको जानकारी दिए। “हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड र वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणाहरू अघि सारेका छौँ,” उनले भने, “यी नीतिगत सुधारहरू नेपालमा तपाईंहरूको लगानी विस्तार र सुरक्षाका लागि नै हुन्।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा