पत्रकार किशोर श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले वैयक्तिक गोपनीयता हननको आरोपमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। अदालतले उनलाई हिरासतमा नराखी बाहिरै राखेर बाँकी अनुसन्धान प्रक्रिया अघि बढाउन विपक्षीका नाममा परमादेश जारी गरेको हो।

न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले श्रेष्ठको हकमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। श्रेष्ठलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

यसअघि अदालतको एकल इजलासले श्रेष्ठलाई सशरीर उपस्थित गराउनुका साथै अनुसन्धानको फाइल तथा बरामद गरिएका विद्युतीय उपकरणहरूसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। सर्वोच्चको संयुक्त इजलासबाट जारी परमादेशसँगै पत्रकार श्रेष्ठलाई थुनामुक्त गरेर अनुसन्धान अघि बढाउन बाटो खुलेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा