बाढी प्रभावितहरूको उद्धार नै पहिलो प्राथमिकता : गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले रसुवा र नुवाकोटमा भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको खोज तथा उद्धारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कमाण्ड सेन्टरबाट स्वयं खोज तथा उद्धारको नेतृत्व गरिरहेका गृहमन्त्री गुरुङले अँध्यारो हुनुअघि नै अधिकतम नागरिकको उद्धार गर्न सुरक्षा निकायका तीनै अंगलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिएका छन्।

रसुवाको टिमुरे, स्याफ्रु, रसुवागढी र नुवाकोटका तटीय क्षेत्रका स्थानीयहरूलाई थप जोखिम हुन नदिन ‘हाइ अलर्ट’ मा राखिएको बताउँदै गृहमन्त्री गुरुङले उपलब्ध सबै सरकारी तथा निजी हेलिकप्टरहरू उद्धार कार्यमै केन्द्रित गरिएको स्पष्ट पारे। उनले उद्धारको काम सम्पन्न भएलगत्तै प्रभावित परिवारका लागि राहत तथा अस्थायी आवासको व्यवस्थापन गरिने बताएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा