बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री बालेन शाह र मन्त्री लम्साल सडकमार्ग हुँदै नुवाकोट प्रस्थान

काठमाडौँ । रसुवा र नुवाकोटमा भीषण बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिहीबार बिहान सडकमार्ग हुँदै नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्री शाह र मन्त्री लम्सालसहितको उच्चस्तरीय टोली बिहीबार बिहान साढे ९ बजे सिंहदरबारबाट सडकमार्ग हुँदै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।

बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण तटीय क्षेत्रहरूमा भौतिक संरचना र जनधनको व्यापक क्षति पुगेको छ। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको प्रत्यक्ष निरीक्षण गरी स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग उद्धार, राहत, पुनर्स्थापना र अवरुद्ध सडकमार्ग तथा पूर्वाधार द्रुत गतिमा सञ्चालन गर्नेबारे छलफल गर्नेछन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा