मौसम अपडेट: आज पहाडी र हिमाली भेगमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, राति तराईमा मौसम सफा रहने

काठमाडौँ । मुलुकभर मौसमी प्रणालीमा आएको परिवर्तनसँगै आज (सोमबार) देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराई भेगका एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

यसैगरी आज राति देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा हिमाली र पहाडी भेगका एक-दुई स्थानमा मात्र मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा