पछिल्लो बाढीपहिरोका कारण देशभर ६ जनाको मृत्यु, ४०७ जनाको सकुशल उद्धार

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोलगायतका प्राकृतिक विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ। विपद्का कारण मानवीय क्षतिका साथै विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपद्मा परेर बागमती र लुम्बिनी प्रदेशमा दुई/दुई जना तथा गण्डकी र कर्णाली प्रदेशमा एक/एक जना गरी कुल छ जनाले ज्यान गुमाएका छन्। बाढी तथा पहिरोका घटनाहरूमा परी अन्य दुई जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबिच, विपद् प्रभावित जोखिमयुक्त स्थानहरूबाट सुरक्षाकर्मीको टोलीले हालसम्म ४०७ जना नागरिकको सकुशल उद्धार गरेको छ। देशका विभिन्न नदी–खोलाहरूमा जलसतह बढेको र पहाडी भू-भागमा पहिरोको जोखिम कायमै रहेकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज, उद्धार तथा सतर्कताका लागि सुरक्षा निकायहरूलाई तयारी अवस्थामा राखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा