काठमाडौमा भेटियो बर्ड फ्लु

काठमाडौँमा वर्ड फ्लु फेला परेको छ । तारकेश्वर नगरपालिका–७, फुटुङमा हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ।

फुटुङबाट संकलन गरिएको नमूनाको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्ड फ्लु देखिएको विभागले पुष्टि गरेको छ ।शुक्रबार बर्ड फ्लु पुष्टि हुने बित्तिकै सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको विभागले जनाएको छ। विभागले १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्टा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ।

भारतमा बर्ल्ड फ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुहरुको आयातमा रोक लगाउँदै आएको थियो। काठमाडौँमै बर्ड फ्लु देखिएपछि थप कडाइ गर्ने विभागले तयारी गरिरहेको जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा