चर्चित हाँस्य कलाकार ‘हैट’ र उनको टिम निर्णायक रहेको जोक्स प्रतियोगीतामा सहभागी हुने हो ? यसरी सकिन्छ भाग लिन

विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’ आयोजना हुने भएको छ ।

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ ‘हैट’ निर्णायक रहेको ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिसन २०२१’ सिजन १ को सुरुवात गरिएको हो । बुद्धिका अलावा हाँस्य कलाकार दिलिप गुरुङ र भानु तिवारी निर्णयक रहेको कार्यक्रम रिदम स्क्रिनको प्रस्तुतिमा तयार भएको हो ।

कार्यक्रम नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गरेका हुन्। कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निःशुल्क फारम भर्न सक्छन् । अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।

कार्यक्रममा पहिलो हुने विजेताले ती हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन्।

प्रतियोगितामा सहभागिता जनाउन जनवरी ८ देखि फेब्रअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिन सक्ने कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा