दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हिजो देखी सुरु

नेपाल क्योकूशिन बुदो कराँते साकाई ईन्टरनेशनलको आयोजनामा दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हिजो देखी सुरु भएको छ ।

उक्त कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्यले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रम संघका कार्यबाहक अध्यक्ष सन्तकुमार बलामिको सभापतित्वमा संचालन भएको थियो ।कार्यक्रममा काठमान्डू महानगर प्रबक्ता तथा वडा न १५ का अध्यक्ष किशोरमान डंगोल, संघका ब्रान्च चिफ राम बहादुर बम्जन लगायतको उपस्थिति थियो । कार्यक्रमलाई संघका महासचिव अजय महर्जनले सन्चालन गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अथितिको रुपमा रहनुभएका काठमान्डू महानगर पालिका का मेयर बिध्यासुन्दर शाक्यले कार्यक्रमको सफलताको शुभकामना दिंदै खेलको बिकासका लागि सम्पुर्ण युवाहरु सकृय रहनुपर्ने कुरालाई जोड दिनुभएको थियो ।

प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, दोलखा, काभ्रे, बारा, पर्सा, महोत्तरी, मकवानपुर, चितवन, कास्की, मोरङ, स्याङ्जा, सिन्धुली लगायतका २१ वटा जिल्लाबाट ६० जना महिला र १०५ जना पुरुष गरि जम्मा १६५ जना प्रतियोगीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरुष तौल समूह ३५ केजी मुनि, ५५ केजी मुनि, ६० केजी मुनि र ६० केजी माथि ९खुल्ला० तथा महिला समूहमा ५० केजी मुनि, ५५ केजी मुनि र ५५ केजी माथि९खुल्ला० रहेको छ। उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले समेत सहभागिता जनाएको संघका महासचिव अजय महर्जनले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना गरी सम्पूर्ण विजेता खेलाडीहरुलाइ्र्र शिल्ड, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मानित गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।कार्यक्रममा १७ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिता आज बेलुका समापन हुने महासचिव अजय महर्जनले जानकारी दिनुभयो ।

पूरा भिडीयो यो हेर्न यहाँ क्लिक गर्नुहोस….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा