बुटवल,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि सदस्य एवम् सामाजिक बिकास मन्त्रीका स्वकिय सचिव युवा नेता यदु ज्ञवालीले मानव सेवा आश्रम वुटवलका आश्रितहरुलाई विवाह भोज गराउनु भएको छ ।
रुरु क्षेत्र गाउपालिका –४ चौतारा निवासी ज्ञवाली गत वैशाख १९ गते सोही गाउँपालिका वार्ड नं.४ रानिबास निवासी विजु पौडेलसंग वैवाहिक जीवनमा बांधिनु भएको थियो ।
लकडाउनको कारण साथी भाइ इस्टमित्रहरुलाई बोलाएर भोज गर्न सम्भब नभएकोले बिवाह खर्च पनि जोगिएको हुँदा समाजसेवा गर्ने उद्देश्यले ज्ञवालीले मानवसेवा आश्रमका १ सय २० जनालाई रात्री भोज गराउनु भएको हो।
नेता ज्ञवालीले जन्मदिनको अवसरमा पनि आश्रमका आश्रितहरुलाई भोजन गराउनु भएको थियो ।
आश्रममा १३ जना वालवालिका सहित १ सय २० जना रहेको आश्रमकी प्रवन्धक सरु अधिकारीले बताउनुभयो । सरकारी तवरबाट केही सहयोग भएपनि आश्रमको खर्च दाताको भरमा छ ।
केही महिना अघि आश्रमको भवन वनाउन महायञ लगाईएको थियो । दानविरहरुको व्यक्तिगत सहयोगमा आश्रम संचालन भएको छ । अधिकारीले भन्नुभयो– दाताको सहयागबाटै आश्रम चलेको छ।