नेपालको नयाँ नक्सा प्रस्तुत गर्नु सह्रानीय कार्य :- पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको भन्दै सरकारको प्रशंसा गरेका छन् । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि प्रतिक्रया दिँदै पूर्वराजा शाहले सरकारको खुलेरै प्रशंसा गरेका हुन् ।

उनले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको भन्दै ट्वीट मार्फत सरकारलाई सुझाव समेत दिएका छन् ।

पुर्वराजाले ट्वीट गर्दै लेखेका छन्, ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो । नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।’

सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेको छ । भारतले केही दिनअघि नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो । भारतको उक्त कदमको नेपाल तीव्र विरोध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा