मानब जाति बाहेक अन्य प्राणिहरुले पनि सामाजिक दुरी काएम गर्नुपर्छ।

मानिसलेहरुले त सदैभ रोगसंग लडिरहेको छ भने अन्य प्राणि अर्थात् जनावर हरुले पनि मानिसले जस्तै रोग संग लडिरहेको हुन्छ। तर एसमा फरक के छ भने मानिस सर्ब श्रेष्ठ प्राणि हो जसलाई रोग बाट बच्न सामाजिक दुरी काएम गर्नुपर्छ भन्ने ग्यान छ भने पशु पन्छीमा त्यो ग्यान छैन ।

कोरोनाभाइरसको महामारी बढ्दै ,गएपछि संसारभरि नै प्रयोगमा ल्याएका उपायहरुमध्येका एक हुन्– सामाजिक दुरी । सम्भवतः आजको विश्वमा यो शब्दसँग परिचित नहुने मानिस यस संसारमा नै थोरै मात्रै होलान् ।तर मानिसमा मात्रै हैन, अन्य प्राणीजगतमा पनि सामाजिक दुरीको अभ्यास हुने गर्छ भन्ने कुरा चाहिँ कमैलाई मात्र थाहा होला ।

मानिसहरुले जस्तै जनावरहरुले पनि सदैव रोगहरुसँग लडिरहेका हुन्छन् । फरक यति हो, उनीहरुलाई रोगबाट बच्नका लागि सामाजिक दुरी राख्नुपर्छ भन्ने कुराको सूचना विश्व स्वास्थ्य संगठन वा मुलुकका स्वास्थ्य निकायहरुबाट आइबस्नु पर्दैन । उनीहरुले त्यसको अभ्यास प्राकृतिक रुपमा नै गरिरहेका हुन्छन् ।

‘जब हामी प्राणीहरुलाई हेर्छौं, उनीहरुले पनि अहिले हामीलाई अपनाउन बाध्य पारिएका त्यस्ता थुप्रै व्यवहारहरु अपनाइरहेका देखिन्छन्, तीमध्ये एउटा हामीले आफूलाई आफ्नै प्रजातिका अन्य सदस्यहरुबाट दुरी बनाइरहेका  पनि एक हो,’ भर्जिनिया टेकमा जीवविज्ञानका प्रोफेसर डाना हावले भन्छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा