वीरगञ्जस्थित आदर्शनगरमा रहेको चित्रलेखा स्टुडियोमाअश्लिल सिनेमा बनाउने गरेकाे खुलासा

स्थानीयको सूचनाका आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सूर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलीले स्टुडियोका सञ्चालक बैजु प्रजापती र उनका दुई सहयाेगी वादल जैसवाल र मनिष मिश्रासहित अन्य दुई जना युवकलाई पक्राउ गरेको हो जाहा प्रहरीले छापा मारेको मारेको थियो यौनधन्दा चलाइरहेको विशेष सूचनाका आधारमा छापा मारिएकाे स्राेतकाे दाबी छ।

चित्रलेखा फोटो स्टुडियोमा बालिका तथा किशोरीहरुलाई प्रयोग गरि यौन धन्दा चलाउने गरेकाे खुलेकाे छ। वीरगञ्जमा यतिखेर लकडाउन सहित कर्फ्यू समेत छ। तर बैजु भने यही मौकामै बालिका तथा किशोरीहरुलाई प्रयोग गरि यौनधन्दा र सेक्स मुभी बनाउने धन्दामा लागेको स्पेसल टास्क फोर्सका एक अधिकारले बताए।

प्रहरी छापा मार्न आउँदा बैजु उनका सहयोगी वादल र मनिषले दुई बालिकालाई स्टुडियोकै भित्तामा फल्स वटम प्रयोग गरि बनाइएको सानो खोपीमा लुकाएका थिए। प्रहरीले उनीहरुलाई त्यहाँबाट उद्धार गरि महिला सेलमा पठाएको छ भने तीन जना आरोपितलाई प्रहरी हिरासतमा राखिएको छ। बब्लु भन्ने बैजुका अर्का सहयोगी भने फरार भएका छन्।

नियन्त्रणमा आएका दुई बालिकाहरु ११ र १३ बर्षका छन्। उनीहरुले आफूहरु रानीघाट बस्ने बताएका थिए। नियन्त्रणमा रहेका बालिकाहरु अन्यको घरमा गएर काम गर्ने परिवारका भएको उच्च स्राेतले बताएकाे छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा