वर्षाले प्रभावित फाइनलमा हङकङलाई हराउँदै नेपाल बन्यो एसियन गेम्स छनोटको च्याम्पियन

काठमाडौँ । वर्षाले प्रभावित एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल विजयी बनेको छ. सिंगापुरको सिंघा ओभल मैदानमा भएको खेलमा हङकङलाई डकवर्थ एन्ड लुइस स्टर्न (डीएलएस) मेथडका आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो. नेपाल र हङकङ यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका थिए.

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रनको बलियो योगफल तयार पारेको थियो. हङकङका लागि ओपनर अंशुमन राथले ४५ बलमा ८० रन र विकेटकिपर साहिद वासिफले २८ बलमा ५५ रनको अर्धशतकीय पारी खेले. बलिङतर्फ नेपालका शेर मल्लले घातक बलिङ गर्दै ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए भने करन केसीले २ र सन्दीप लामिछानेले १ विकेट हात पारे.

१ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा १ सय १४ रन बनाउँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो. खेल रोकिनुअघि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतले ६५ रनको उत्कृष्ट पारी खेलेका थिए. यस्तै रोहित पौडेलले ३५ र कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रन बनाएर खेलिरहेका थिए. कप्तान ऐरीका लागि यो खेल उनको १०० औँ टी–२० अन्तर्राष्ट्रिय खेलसमेत थियो. वर्षाका कारण खेल अगाडि बढ्न नसकेपछि डीएलएस नियमअनुसार नेपाललाई विजेता घोषित गरियो.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा