क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक कीर्तिमान: लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान ५-० ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत समूह ‘के’ को खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० गोलको सानदार जित दर्ता गरेको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन्।

यस गोलसँगै रोनाल्डो लगातार ६ वटा विश्वकप संस्करण (सन् २००६ देखि २०२६ सम्म) मा गोल गर्ने विश्वकै पहिलो र एक मात्र खेलाडी बनेका छन्। साथै, ४१ वर्ष १३८ दिनको उमेरमा गोल गर्दै उनी विश्वकप इतिहासमा गोल गर्ने दोस्रो सबैभन्दा पाको उमेरका खेलाडी समेत बनेका छन्। पोर्चुगलको यस फराकिलो जितमा नुनो मेन्डेस र राफेल लियोले एक-एक गोलको योगदान दिए भने उज्बेकिस्तानका अब्डुकोदिर खुसानोभले एक आत्मघाती गोल गरेका थिए।

खेलको छैटौँ मिनेटमै गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए भने ३९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए। यसअघि आफ्नो पहिलो खेलमा कंगोसँग १-१ को बराबरीमा रोकिएको पोर्चुगलले यो विशाल जितसँगै समूहमा ४ अंक जोडेर आफ्नो स्थितिलाई निकै बलियो बनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा