महामारीका सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनले बताए । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उनको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए ।
सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उनले बताए र सरकार नागरिकप्रति संवेदनशील रहेको उनले बताए ।उनले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताए । उनले भने, “यो सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै यो महामारीलाई जित्न सकिन्छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकप्रति सरकार संवेदनशील रहेको बताउदै केपीशर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताएका छन्।सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्धार गर्ने प्रधानमन्त्रीले बताउनुभएको छ।
आफ्ना नागरिकप्रति सरकार संवेदनशील रहेको र भारतबाट कष्ट झेल्दै स्वदेश फर्केकाहरूबाट कोरोना महामारी फैलन मद्दत पुगेको पनि उनले बताउदै सम्पूर्ण नेपालीलाई निश्चिन्त रहन आग्रह गर्दछन।
स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए। अझै नेपालमा केही समय कोरोना संक्रमण देखिने पनि उनले बताए। समुदायस्तरमा कोरोना थप विस्तार हुन नदिन सरकारले कदम चाल्ने प्रधानमन्त्रीको भनाइ छ।