अमेरिकी राष्ट्रपतिका उम्मेदवार बाइडेनले अफ्रिकन अमेरिकन समुदायसँग मागे माफी

काठमाडौं – अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अफ्रिकन अमेरिकन समुदायसँग माफी मागेका छन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका जो बाइडेनले आफ्नो टिप्पणीले अफ्रिकन अमेरिकन समुदायमा चोट पुगेको भन्दै क्षमायाचना गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पूर्वउपराष्ट्रपति समेत रहेका बाइडेनले एक रेडियो अन्तर्वार्ताका क्रममा आउँदो चुनावमा डोनाल्ड ट्रम्पलाई मत दिने अफ्रिकन अमेरिकीहरू ‘अश्वेत’ नहुने टिप्पणी गरेका थिए । उनले सो टिप्पणीका लागि माफी मागेका हुन् ।

कार्यक्रम सञ्चालक चार्लामाग्ने था गडले अन्तर्वार्ताको क्रममा अश्वेत मतदातासम्म बाइडेनको पहुँचलाई लिएर प्रश्न गरेपछि उनले यस्तो टिप्पणी गरेका थिए ।

बाइडेनले आफ्नो टिप्पणीप्रति माफी माग्दै कहिल्यै पनि अफ्रिकन अमेरिकन समुदायको समर्थनलाई आफूले हल्का रुपमा नलिएको प्रष्ट्याएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा