पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन्। दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको निधन भएको हो ।
मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिए । क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको निधन भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उनले बताए ।
अवतरण गर्ने क्रममा जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३.२ किलोमिटर पर रहेको कराचीको एउटा बस्ती, मोडेल कोलोनी नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको बताइएकोछ। पाकिस्तान सेनाका अनुसार उस्को दुत प्रतिक्रिया सैन्यका सैनिकहरू राहत तथा उद्धार कार्यमा सघाउन दुर्घटनास्थलमा पुगेका छन्। कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।
पाकिस्तानको लाहोरबाट उडेको पाकिस्तान इन्टरनेशलन एयरलाईन्सको बिमान कराचीको जिन्ना अन्तराष्टिय बिमानस्थलमा दुर्घटनाग्रस्त बिमानका पाईलट र कन्ट्रोल रुमबीचको कुराकानी बाहिरिएको छ ।
कुराकानीमा उनी निक्कै आत्तिएको सुन्न सकिन्छ । उनले बिमानको ईन्जिन फेल भईसकेको बताएका थिए । उक्त अडियोमा उनी आपतकालीन बिमान अवतरणका लागि कन्ट्रोल रुमसंग अुरोध गरिरहेका छन् । यद्यपी बिमान दुर्घटनामा परेको छ ।उक्त बिमान मानवबस्तीमा खसेको दृष्यहरु सामाजिक सन्जालमा अहिले भाइरल भइरहेको छ ।
यस्तो छ अन्तिम कुराकानी अडियोसहित…