अब नेपालमा भ्रष्टाचारीलाई १४ बर्ष जेल सजाय हुने

काठमाडौं – राष्ट्रिय विधायन व्यवस्थापन समितिले १० करोडभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्ष जेल सजाय तोक्ने विषयमा सहमति जुटाएको छ । राष्ट्रियसभा अन्र्तगतको समितिको शुक्रबार बसेको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी भ्रष्टाचार गर्नेलाई १० देखि १४ वर्षसम्मको कैद सजायका विषयमा सहमति जुटेको हो ।

समिति सभापति परशुराम मेघी गुरुङले घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको बताए । समिति सदस्यहरुले घुस लिएको प्रमाणित भए घुस खानेसहित सपरिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्र्न माग गरेका थिए ।

कति घुस खाँदा कति सजाय ?

१ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद, १ देखि १० करोडसम्म घुस खानेलाई ८ देखि १० वर्ष, ५० हजार रुपैयाँसम्म १ देखि ६ महिना कैद, ५० हजार देखि १ लाखसम्म ६ महिनादेखि १ वर्ष कैद, १ देखि ५ लाखसम्म घुस लिएमा २ देखि ३ वर्ष, ५ देखि २५ लाख घुस लिएमा २ देखि ४ वर्ष, २५ लाखदेखि ५० लाखसम्म घुस लिनेलाई ४ देखि ६ वर्ष , ५० देखि १ करोड घुस लिएमा ४ देखि ८ वर्ष, १ करोड देखि १० करोड घुस लिएमा ८ देखि १० वर्षसम्म कैद र १० करोडभन्दा बढी रकम घुस लिएमा १० देखि १४ वर्ष सम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा