आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठकृष्ण त्रयोदशी तिथि,२ गते बुधबार,
तदनुसार मे १७,२०२३ ।
आज विहान ०५:१६ मिनेट जाँदा सूर्योदय हुनेछ भने साँझ ०६:४६ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज मुद्गर नामको करण रहेको छ भने रेवती नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी आयुष्मान् नामको योग रहेको छ ।
त्यस्तै मीन राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन सामान्य कार्यका लागि पनि संघर्ष गर्नुपर्ला।प्रेम सम्बन्धमा झैझगडा हुन सक्नेछ।प्रविधिसम्बन्धि कार्यमा भने राम्रै सफलता पाइनेच।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन आफ्नो मान्छेबाट साथ सहयोग पाइनुका साथै शैक्षिक क्षेत्रमा पनि उन्नति,प्रगति हुनेछ।शुभ समाचार सुन्न पनि पाइनेछ भने छोटो यात्रासमेत हुनसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन परिश्रमपूर्वक गरेको कार्यमा जश पाइनेछ।विभिन्न अवसरहरू आउनेछ।शिक्षाको क्षेत्रमा सफल भइनुका साथै स्वास्थ्य पनि राम्रो हुनेछ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा सहभागी भइनेछ।आफ्नो नामको यश,कीर्ति फैलनेछ।सुखद यात्रा र मनोरञ्जनको समय रहेको छ बने ना दाम दुवै कमाउने बेला छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन नजिकका व्यक्तिबाट धोका पाइनुका साथै झेउलाग्दो काममा उल्झन सकिनेछ।यात्रामा पनि सचेत हुनुहोला तर आर्थिक क्षेत्र भने सबल रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि आजको दिन भूमिलाभको योग रहेको छ।सामाजिक कार्यमा मन लाग्नुकात साथै न्यायिक कार्यमा सफलता प्राप्त हुनेछ।नयाँ वस्त्रादि प्राप्तिको पनि समय रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन सुखद यात्रा हुनुका साथै वैदेशिक कार्यमा सफलता प्राप्त हुजेछ।आकस्मिक धन लाभ हुनुका साथै महिला मित्रहरूवाट साथ सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन धन प्राप्तिको बेला रहेको छ ।धर्मकर्ममा मन लाग्नुका साथै आँटेको र ताकेक्क कार्य सफलतापूर्वक पूर्ण हुनेछ त।त्यस्तै साथीभाइहरूसँग पनि रमाइलो भेटघाट होला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन यात्रामा विशेष सावधानी अपनाउनुपर्नेछ।घरपरिवारमा पनि स्थित राम्रो बन्नेछैन।सानो कार्यका लागि पनि धेरै संघर्षगर्नुपर्नेछ।ख्याल गर्नुहोला।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन आफ्नो बोलीले अरूको मन जित्न सकिनेछ।कला,गला र सङ्गीतमय माहोलको समय रहेको छ।शुभकार्यको चर्चा पनि चल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन मनोबल बढेर आउनेछ।जोश,जाँगर,उमङ्ग र हौसला प्राप्त होला।यश,कीर्ति प्राप्तिको ठूलो योग रहेको छ भने समाजसेवामा पनि मन जानेछ।

मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन आफ्नै नेतृत्वमा विभिन्न कामहरू सम्पादन हुनेछन्।सरकारी निकायबाट मान सम्मान पाइनेछ।शैक्षिक क्षेत्र पनि सबल हुनेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको भगवान विष्णुको स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
(परामर्शका लागि- sangambasyal427@gmail.com)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा