काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ ।
कांग्रेस नेता पूर्णबहादुर खड्काको नेतृत्वकाे समुह थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध आइतबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको हाे । रिट निवेदन दर्ता हुने प्रक्रियामा रहेको छ ।
देउवा पक्षले विशेष महाधिवेशन पक्षधरले विधि विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेकाले उक्त महाधिवेशन अवैधानिक करार गर्न माग गरिएको छ ।
गत शुक्रबार निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिँदै उनकाे नेतृत्वकाे कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेकाे थियाे ।





