झिनो अंकले घट्यो नेप्सेः १६ अर्ब ३५ करोडको उच्च कारोबार, ५ कम्पनीको मूल्यमा सर्किट

काठमाडाैं । सोमबारको सेयर बजारमा तीव्र उतारचढावका बीच नेप्से परिसूचकमा झिनो गिरावट देखिएको छ।

अघिल्लो दिन ५७.५५ अंकको उच्च बढोत्तरी भएको बजारमा आज सामान्य सुधार (करेक्सन) देखिँदा नेप्से परिसूचक ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा कायम भएको छ।

नेप्से परिसूचक घटे पनि बजारमा कारोबार रकमले भने नयाँ उत्साह थपेको छ। आज ३३२ कम्पनीको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यो कारोबार रकम आइतबारको तुलनामा उल्लेख्य वृद्धि हो, जसमा हिजो १३ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

क्षेत्रगत रूपमा हेर्दा आज होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसूचकहरू सकारात्मक रहे पनि अन्य सबै समूहका सूचकहरूमा गिरावट आएको छ।

बजार ओरालो लागे पनि कुल ८८ कम्पनीको सेयर मूल्य बढेको छ, जसमा ५ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। विशेषगरी एसवाई प्यानल, हिमस्टार ऊर्जा, सप्तकोशी डेभलपमेन्ट बैंक, सान्भी इनर्जी र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र ट्रेड टावरका लगानीकर्ताले पनि ९ प्रतिशतभन्दा बढी नाफा कमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा