पश्चिमी न्यूनचापको असर कायमै : कोशी, बागमती र गण्डकीमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव जारी रहेकाले मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पूर्ण बादल छाएको तथा बाँकी भागमा आंशिक बादल लागेको जनाएको छ । बागमतीका थोरै र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ भने कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादलसँगै एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ, बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।

राति तराईका केही स्थानमा हुस्सु देखिने छ भने कर्णाली, सुदूरपश्चिमसहित कोशी, बागमती र गण्डकीका उच्च हिमाली क्षेत्रमा आंशिक बादल रहनेछ, बाँकी भाग सफा हुनेछ र ती प्रदेशका उच्च भूभागमा हिमपातसहित हल्का वर्षाको जोखिम कायमै रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा