नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर निर्धारण: यस्ताे छ आजकाे विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ भने अन्य प्रमुख मुद्राहरूको विनिमय दर पनि अद्यावधिक गरिएको छ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा कायम भएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा पुगेको छ।

राष्ट्र बैंकका अनुसार युके पाउन्ड स्टर्लिङको मूल्य २०० रुपैयाँ माथि पुगेको छ, जसको आजको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा तोकिएको छ। केन्द्रीय बैंकले यो दर जुनसुकै समयमा संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर यसभन्दा केही फरक हुन सक्ने समेत जानकारी दिएको छ।


विदेशी मुद्राको विनिमय दर (तालिका)

क्र.सं. मुद्रा (Currency) एकाइ (Unit) खरिद दर (रु.) बिक्री दर (रु.)
१ भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५
२ अमेरिकी डलर (USD) १ १४६.८८ १४७.४८
३ युरोपियन युरो (EUR) १ १७५.१२ १७५.८३
४ यूके पाउन्ड स्टर्लिङ (GBP) १ २०१.९४ २०२.७६
५ स्वीस फ्रयांक (CHF) १ १९१.०९ १९१.८७
६ अस्ट्रेलियन डलर (AUD) १ १०२.७९ १०३.२१
७ क्यानेडियन डलर (CAD) १ १०८.५१ १०८.९५
८ सिंगापुर डलर (SGD) १ ११५.८४ ११६.३१
९ जापानी येन (JPY) १० ९.५३ ९.५७
१० चिनियाँ युआन (CNY) १ २१.१३ २१.२१
११ साउदी रियाल (SAR) १ ३९.१६ ३९.३२
१२ कतारी रियाल (QAR) १ ४०.३० ४०.४७
१३ थाई भाट (THB) १ ४.६८ ४.७०
१४ युएई दिराम (AED) १ ३९.९९ ४०.१६
१५ मलेसियन रिंगिट (MYR) १ ३७.२६ ३७.४१
१६ दक्षिण कोरियन वन (KRW) १०० १०.१९ १०.२३
१७ स्विडिस क्रोनर (SEK) १ १६.५९ १६.६६
१८ डेनिस क्रोनर (DKK) १ २३.४५ २३.५५
१९ हङकङ डलर (HKD) १ १८.८१ १८.८९
२० कुवेती दिनार (KWD) १ ४८१.९७ ४८३.९४
२१ बहराइन दिनार (BHD) १ ३८९.५९ ३९१.१८
२२ ओमानी रियाल (OMR) १ ३८१.५३ ३८३.०९

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा