१०.२५ अंकले घट्याे सेयर बजार, साढे ८ अर्बमा खुम्चियाे काराेबार

काठमाडाैं । लगातार तेस्राे काराेबार दिन पनि सेयर बजारमा गिरावट आएकाे छ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १०.२५ अंकले घटेर घटेर २६ सय ६२ दशमलव १४ विन्दुमा बन्द भएकाे छ।

नेप्सेसँगै आज पनि काराेबार रकम घटेकाे छ। आज ३२४ कम्पनीकाे २ कराेड १७ लाख १५ हजार ८६८ कित्ता सेयर ८ अर्ब ६१ कराेड ६४ लाख १० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ।

हिजाे ३ सय २४ वटा कम्पनीका २ करोड ६७ लाख कित्ता शेयर १० अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

यसदिनकाे काराेबारमा ७४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज म्युच्युअल फण्ड र व्यापार उपसमुह बढेका छन् भने बाँकी सबै उपसमुह घटेका छन् । विकास बैंक समुह सर्वाधिक १.१५ प्रतिशतले घटेकाे छ।१०.२५ अंकले घट्याे सेयर बजार, साढे ८ अर्बमा खुम्चियाे काराेबार

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा