साेमबार सुनकाे मूल्य ताेलामा ३००० र चाँदी १२५ रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि तोलामा १२५ रुपैयाँको कमी देखिएको छ।

मूल्यमा आएको यो गिरावटसँगै सोमबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि साताको पहिलो दिन आइतबार सुनको बजार मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम रहेको थियो।

सुनसँगै चाँदीको भाउ पनि सस्तिएको छ, जसअनुसार आज बजारमा चाँदी प्रतितोला ४ हजार ८६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबारको तुलनामा यो मूल्य तोलामा १२५ रुपैयाँले कम हो। हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा