काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ। आज सुन प्रतितोला ३ हजार २ सय रुपैयाँ र चाँदी १७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको भाउ प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो ५,६०० रूपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५९५ रुपैयाँ पुगेको छ ।





