काठमाडौँ महानगरका ८३ विद्यालयमा डिजिटल हाजिरी: ३६ हजार बढी विद्यार्थी र शिक्षक आबद्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत ८३ वटा विद्यालयका ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलको निर्देशनपछि महानगरको शिक्षा र सूचना प्रविधि विभागले यो कार्य सम्पन्न गरेको हो।

महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार आगामी २०८२ चैत १ गतेदेखि विद्यालयहरूलाई पठाइने अनुदान तथा निकासा डिजिटल हाजिरीको तथ्याङ्क र अभिलेखका आधारमा मात्र पठाइने निर्णय भएको छ। हालसम्म कक्षा १० सम्मका करिब ४५ हजार सङ्ख्यामध्ये ठुलो हिस्सा प्रणालीमा प्रविष्ट भइसकेको र बाँकी काम तत्काल सक्न प्रधानाध्यापकहरूलाई आग्रह गरिएको छ।

यसका साथै महानगरले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ। हाल विभिन्न चरणमा विद्यालयहरूको पूर्वाधार गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने कार्य भइरहेको छ। आगामी २०८२ को एसईई परीक्षालाई लक्षित गरी ११ वटा विद्यालयमा विशेष तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। महानगरले २०८२ चैत मसान्तसम्म दरबन्दी मिलान सकेर नयाँ शैक्षिक सत्र २०८३ देखि पूर्ण रूपमा शिक्षक व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा