क्रिकेट इतिहासमा चमत्कार: ब्रेट रेन्डेलले ५ बलमा ५ विकेट लिँदै रचे विश्व कीर्तिमान

नेपियर । न्युजिल्यान्डका तीव्र गतिका बलर ब्रेट रेन्डेलले प्रथम श्रेणी क्रिकेट (First Class Cricket) को इतिहासमा अपत्यारिलो विश्व कीर्तिमान कायम गर्नुभएको छ। नेपियरमा जारी घरेलु प्रतियोगिता ‘प्लङ्केट शिल्ड’ अन्तर्गत सेन्ट्रल डिस्ट्रिक्ट्सबाट खेल्दै रेन्डेलले लगातार ५ बलमा ५ विकेट लिएर नयाँ इतिहास रच्नुभएको हो।

नदर्न डिस्ट्रिक्ट्सविरुद्धको खेलमा रेन्डेलको बलिङ विपक्षी टोलीका लागि घातक सावित भयो। उहाँले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिन सुरु गरी अर्को ओभरको सुरुवाती ४ बलमा लगातार ४ विकेट लिनुभएको थियो। यसरी ५ बलमा ५ विकेट लिने उहाँ विश्वकै पहिलो बलर बन्नुभएको छ। टी–२० क्रिकेटमा यस्तो रेकर्ड भए पनि रातो बल (Red Ball) को क्रिकेटमा यो उपलब्धि हासिल गर्ने रेन्डेल एक्लो खेलाडी हुनुहुन्छ।

रोचक कुरा त के छ भने, टोलीका मुख्य बलरहरू एजाज पटेल र ब्लेयर टिकनर घाइते भएपछि मात्र रेन्डेलले खेल्ने मौका पाउनुभएको थियो। उहाँले ११ ओभरमा जम्मा २५ रन खर्चेर ७ विकेट लिनुभयो, जसका कारण विपक्षी टोली पहिलो इनिङ्समा मात्र ८२ रनमा समेटियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा