मन्त्रिपरिषद्को निर्णय: गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा कैलालीका रावललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्। सञ्चार क्षेत्रमा लामो समयदेखि चासो राख्ने रावलको प्रवेशसँगै राष्ट्रिय सञ्चारमाध्यम गोरखापत्रको व्यवस्थापकीय तथा संस्थागत सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, सोही मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्र (कोष) को कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। मोरङ निवासी ढुङ्गानालाई सरकारले महत्त्वपूर्ण प्राविधिक तथा प्रशासनिक जिम्मेवारी सुम्पिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा