नुवाकोटमा रास्वपाको ‘क्लिन स्वीप’: ढल्यो हेभिवेटकाे विरासत

नुवाकोट । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नुवाकोट जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ। आइतबार राति सम्पन्न अन्तिम मत परिणाम अनुसार नुवाकोटका दुवै क्षेत्रमा ‘घण्टी’ बजेपछि पुराना र स्थापित दलहरू स्तब्ध बनेका छन्।

सबैभन्दा अप्रत्याशित नतिजा नुवाकोट क्षेत्र नम्बर १ मा देखिएको छ, जहाँ रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिना विजयी भएका छन्। तिमिल्सिनाले २२,६०९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत १८,५९७ मतमा खुम्चिएका छन्। तिमिल्सिनाले महतलाई ४,०१२ मतान्तरले पराजित गरेका हुन्। यस क्षेत्रमा नेकपाका हितबहादुर तामाङ १३,३७७ मतका साथ तेस्रो स्थानमा रहे।

त्यसैगरी, नुवाकोट क्षेत्र नम्बर २ मा पनि रास्वपाकै अच्युतम लामिछाने विजयी भएका छन्। लामिछानेले ३२,०५४ मत ल्याउँदै कांग्रेसका जगदीश्वर नरसिंह केसीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरे। केसीले १५,५०३ मत प्राप्त गर्दा नेकपा एमालेका केशव पाण्डे ८,२८५ मतका साथ तेस्रो स्थानमा रहे।

नुवाकोटका दुवै क्षेत्र गुमाएपछि यसलाई कांग्रेस र एमालेका लागि ठुलो राजनीतिक धक्काको रूपमा हेरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा