न्यायपालिकाको कमान कसको हातमा? ६ न्यायाधीशको नाम सिफारिस भए पनि सिर्जना भयो नयाँ संवैधानिक गोलमाल

काठमाडौँ । न्यायपालिकाको सर्वोच्च पद रिक्त हुन केही समय मात्र बाँकी रहँदा नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाले गति लिन सकेको छैन। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गते अवकाशमा जाँदै हुनुहुन्छ। उहाँपछिको नेतृत्वका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना वरिष्ठतम् न्यायाधीशहरूको नाम संवैधानिक परिषद्‌मा सिफारिस गरिसकेको छ।

सिफारिसमा पर्नेहरूमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ हुनुहुन्छ। परिषद्ले नाम पठाए पनि संवैधानिक परिषद्को बैठक बसेर आधिकारिक निर्णय गर्ने प्रक्रिया अझै अन्योलमा छ।

संवैधानिक प्रावधानको उल्लंघनको जोखिम

संविधानको धारा २८४ को उपधारा ३ ले कुनै पनि संवैधानिक निकायका प्रमुखको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, पटक–पटक न्यायालयलाई ‘कायममुकायम’को भरमा चलाउने प्रवृत्तिले यसपटक पनि निरन्तरता पाउने संकेत देखिएको छ। यसअघि दामोदर शर्मा, दीपककुमार कार्की र हरिकृष्ण कार्कीको पालामा समेत यस्तै ढिलाइले न्यायालय लामो समय नेतृत्वविहीन बनेको थियो। अहिले पछिल्लो राजनीतिक समीकरण र नयाँ संसद्को संरचनाका कारण यो प्रक्रिया अझ लम्बिने आशंका बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा