निर्वाचन परिणामपछि केपी ओलीको भावुक सन्देश: ‘जनताको फैसला शिरोधार्य छ, हारले हाम्रो सेवाभाव कमजोर हुँदैन’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई सहजताका साथ स्वीकार गर्दै जनताको मतलाई सम्मान गर्ने बताउनुभएको छ। झापा निर्वाचन क्षेत्र नं ५ बाट आफू स्वयं पराजित हुनुभएका ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत मतदाताहरूलाई धन्यवाद दिँदै आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।

यस पटकको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ मात्र ९ सिटमा चित्त बुझाउनु परेको छ। निर्वाचन परिणामले पार्टीको अपेक्षा पूरा नगरेको स्वीकार गर्दै ओलीले भन्नुभएको छ, “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु मेरो र पार्टीको कर्तव्य हो।” उहाँले हारका बावजुद पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कुनै कमी नआउने र जनताकै बीचमा रहेर सम्बन्ध अझ बलियो बनाउने उल्लेख गर्नुभएको छ।

एमालेको पक्षमा मतदान गर्ने र विश्वास राख्ने सबैलाई हृदयदेखि धन्यवाद दिँदै उहाँले निर्वाचनको परिणामले आगामी दिनमा पार्टीको कार्यशैली र जनतासँगको सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउन प्रेरित गरेको संकेत गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा