पश्चिमी र स्थानीय वायुको प्रभाव: कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण हाल बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी तथा तराईका क्षेत्रमा आंशिक बदली हुनेछ। विशेष गरी कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ। पहाडी र तराईका भू–भागमा भने राति मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रि-मनसुनको समय भएकाले वायुमण्डलमा छिटो-छिटो परिवर्तन भई चट्याङ्गको जोखिम रहने हुनाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हिमाली भेगमा हुने हिमपातका कारण पदयात्रा र दैनिक जनजीवनमा पर्न सक्ने प्रभावप्रति पनि सचेत रहन भनिmaudammausamएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा