आजको मौसम: पहाडमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना, तराईमा बढ्नेछ गर्मीको राप

काठमाडौँ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहने देखिएको छ। महाशाखाले कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहे पनि गर्मी बढ्ने क्रम जारी रहनेछ।

विशेष गरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायतका केही भू–भागमा आज तातो दिन (Heat Wave) हुने सम्भावना रहेको छ। बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। राति भने कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा