देशभर वर्षा र हिमपातको सम्भावना: कोशी, बागमती र गण्डकी प्रदेशमा बढी प्रभाव पर्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ। अहिले कोशी र बागमती प्रदेशका केही स्थानहरू तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायतका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। साथै, मधेस र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायतका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने प्रक्षेपण गरिएको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरूका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा